सपनाको हुरी चले सरी चल्छ मुटु यहाँ ।
निराशाको दियो बले सरी बल्छ मुटु यहाँ ।।
जिबनको आशा तिमी भए किन बढ्छ घात ?
वियोगको राँको जले सरी जल्छ मुटु यहाँ ।।
कल्पनाको यात्रा तिमी भए किन चढ्छ मात ?
बिछोडको पिडा फले सरी फल्छ मुटु यहाँ ।।
सम्झनाको साथी तिमी भए किन लड्छ रात ?
बेदनाको घाउ गले सरी गल्छ मुटु यहाँ ।।
भावनाको संसार तिमी भए किन सढ़छ जात ?
संयोगको आश ढले सरी ढल्छ मुटु यहाँ ।।