किन किन निष्टुरीको, माया धेरै लाउन थाल्यो
रात दिन उसैको नै, याद मलाई आउन थाल्यो
आफैलाई गाह्रो भयो, बेइमानको माया भुल्न
शकांलु ति कुराले नै, मनमा दाई दाउन थाल्यो
बार बार उसैलाई नै, जिन्दगि हौ भनिरहे
नरमाईलो सगिंतमा, गीत कस्ले गाउन थाल्यो
रोग भन्दा शोक ठुलो, हुन्छ भन्थ्ये बुढा पाका
त्यो शोकले आज मेरो, मनमा ठाउ पाउन थाल्यो
रात दिन उसैको नै, याद मलाई आउन थाल्यो