किन-किन तिम्रो बचन, मुटु घोच्ने तिर बन्यो
पल-पल आँखा रुजाउने, आँशुरुपी पीर बन्यो
जब तिम्रो आगमन भो, मख्ख थिएँ हर्षले म
स्वागत गरें बाग सम्झी, आफु खस्ने भिर बन्यो
लाग्थ्यो मनमा फूलहरु, फ़ूलाउल दुवै मिलि
एक-आपसमा मिल्न खोज्दा, नघोलिनी निर बन्यो
जिन्दगीको घुम्तीहरु, तिम्रै साथमा काट्छु ठान्थें
कालो बादल ओडी आज, झुकी रहने शिर बन्यो
नखाउँ तिम्रो भोक मनमा, खाउँ बिषादी खिर बन्यो