कीन कुर्नु साँझ आखिर् नशै पिउनु छिरे पछि ।
धोका दिन्न भन्नेले नै यो मन् साह्रै पिरे पछि ।।
कति मात्रै सजाई राख्नु उनको याद् यी आँखामा ।
सधै भरलाई त्यो दिल बाट म नै गिरे पछि ।
के सम्झेलान चिन्नेले जे जे नै त होला भनि ।
ईज्जत पनि हुन्न रैछ भट्टि तिर फिरे पछि ।।
माया गर्दा लागेका ति तिम्रा सबै मुल्यहरु ।
एकएक गरि रिण पनि चुक्ता गरि तिरे पछि ।।
तिम्रा लागि मुटुलाई टुक्रा पारी चिरे पछि ।।