किन यिनलाई पत्याउनु देश डुब्ने भैगो
कति हाम्लाई अत्याउनु देश डुब्ने भैगो
खप्नु सम्म खपी सक्यौँ,सधैँ झुक्याएर
कहिले सम्मन् रत्याउनु देश डुब्ने भैगो
सके देखि कठालोमा समाएर झ्वाम्म
सिस्नु पानी खत्याउनु देश डुब्ने भैगो
कुरा गर्ने आफ्नो दुनो सोझ्याउन मात्रै
सबले पर्छ लत्याउनु देश डुब्ने भैगो
अब किन मत्याउनु देश डुब्ने भैगो