किनी दिउकी रेशम साडी फुलबुट्टे चोली।
लगाई दिउकी मैले पनि मोहोनी त्यो बोली ।।
तीम्रो रुप हेरी सधैं,यो मन को बान्ध फुट्यो।
बगाई दिउकी सागर जस्तै पिरती को खोली ।।
पन्धेरी को पानी जस्तै नरित्तीने जन्म जन्म।
भरी दिउकी रित्तीएको त्यो मन को नि झोली।।
आफुलाई भन्दा धेरै तन मन दिन्छु तीमी लाई।
चुल्याई दिउकी हिमाल जस्तै माया को नि सोली।।
ल्याई दिउकी तीम्रो आगन छेउ लगन बाध्ने डोली।।