को हिमाली को पाहाडी सबै उस्तै तराई ।
मिली जुली बसौं हजूर कोही छैन पराई ।
हेर नेपाली हौं भन्ने हुनु पर्छ भावनामा ।
आफु-आफु लड्नु हुन्न के हुन्छ कराई?
आउ हामी सुध्रे सिंगोदेश सुध्रिनेछ हाम्रो ।
हामी सुध्री एकापसमा माया मोह सराई ।
देशको निम्ति केही गर्ने उदेश्य हुनुपर्छ ।
दिनहूँ यहाँ कति मर्छौ आफु आफै डराई ।
नाम अमर गराऊँ यहाँ जानू हुन्न हराई ।