कोही पुगेर नै सर्केको देखेँ ।
कोही अभावमा मर्केको देखेँ ।।
घाम छेक्न यहाँ कस्ले पो सक्छ ।
आँट गर्नेहरु फर्केको देखेँ ।।
गफ सहयोगको निकै भा हो ।
अबर पर्दा उ तर्केको देखेँ ।।
मै हुँ भन्ने पनि त्यो कुनै दिन ।
चोट लाग्दा अश्रु दर्केको देखेँ ।।
देखावटी माया छर्केको देखेँ ।।