कोइलिको कुहु सुन्दा बनै पनि रमाइलो
तिमीलाई भेट्न पाए मनै पनि रमाइलो
चाहिदैन नरम डस्ना एक निन्द्रा निदाउन
तिम्रो काख र खुल्ला गगनै पनि रमाइलो
पर्खाउछौ मध्य घाममा आउँदैछु म भनी
पोलिदिने तब त्यो किरनै पनि रमाइलो
तिम्रै हुँ म भनी जब विश्वास दिलाउछौ
लजाउदै ढाक्न पर्ने योवनै पनि रमाइलो
तिमीलाई भेट्न पाए मनै पनि रमाइलो