क्रान्तिनायकका करतुतले मुलुक काला सुचिमा पर्न लाग्याका
हामि स्वाभिमानि जनका निद खै कता हो अलप भइ गयाका
उनका दुर बुद्धि देखदा मनमा, बुद्धि किनिदिन्या मन बन्याको
सकल पसल सुपर मार्केट उद्योग घुमदा नपाइनि पो भन्याको
त्यहि भएर बिज्ञापन गर्ना खातिर याहाँ चार हरफ यी कोर्दा छौ
कोहि भद्र मानव कन जानकारि भए बताइदिन आग्रह गर्दा छौ
कस्तै आपद परदानि इतिहासमा कवै, कौनै दाग न लाग्याका
त्यहि भएर अहिले करतुत देखदा मनमा साह्रो रिस जाग्याका
यी मातृभूमि जननिका मन कन पिडा,... बे--हिसाव पर्दा छन्
मत्लव नराखि कुपमण्डुकहरु कति पनि याहाँ मनपरि गर्दाछन्
काला काम गरे वापत यीनिहरु सवलाई भड्लाखामा जाक्न्या हो
कोहि छौ कि धर्तिपुत्र बाहादुर याहाँ जन्मेका मातृभूमि बचाउन्या
बिग्रिन लागेका यी सकल काम धन्दाहरुलाई समयमै सच्याउन्या ॥