क्षणिक हाँसो हाँसेर के गर्नु जीवन भरी रुने भए ।
सम्झना संधैं साँचेर के गर्नु जीवन भरी रुने भए ।।
पागल पन, मुटुको धड्कन आउछ याद घरी घरी
दु:खी जीवन बाँचेर के गर्नु जीवन भरी रुने भए ।।
बिरही मनले गरे नि माया साँचो गरे अटुट हुन्छ ।
क्षणिक माया गाँसेर के गर्नु जीवन भरी रुने भए ।।
तड्पीएर बस्नु पर्छ यहाँ वियोगमै पलपल मरी ।
चाहत सारा माँसेर के गर्नु जीवन भरी रुने भए ।।
छातीमा नाम टाँसेर के गर्नु जीवन भरी रुने भए ।।