क्षमता को काम भन्दा, धेरै दाम खोज्न चाहन्न ।
अर्का को परीश्रम मा, मिठो माम खोज्न चाहन्न ।।
आफु गुण्डा गर्दी गरेर नै, पराइ को लुछी हिड्दै ।
हाटबजार र चौक चौक मा, नाम खोज्न चाहन्न ।।
भोको पेटलाई मेटाउन, पियासी हरु को घुईचोमा ।
पालो कहिले आउछ भन्दै, लाम खोज्न चाहन्न ।।
अन्ध्यारो नै हुन नपाई, गल्ली गल्ली चाहर्दै म ।
आफ्नो इज्जत बिकाउनलाई, साम खोज्न चाहन्न ।।
उज्यालो नै चाहिन्छ भन्दै, घाम खोज्न चाहन्न ।।