कुनै बहानामा दिन ढले पछि कति पिए कति ।
अधेरी रातमा दिप बले पछि कति पिए कति ।
फूल किन भो काँढा, मनपर्ने साथी किन भो टाढा,
मनमा आधीबेहरी चले पछि कति पिए कति ।
जुन बेला भेटिन्थ्यो साथी, दिउसो होस या राती,
मौसमले रंग बदले पछि कति पिए कति ।
कथा भयो मिठो अतित, ब्यथा भयो उनको प्रित,
उनको यादले दिल जले पछि कति पिए कति ।
साथ दिने बाचा तोड्यौ, अर्कै सँग नाता जोड्यौ,
बिछोडिनुको पीडाले खले पछि कति पिए कति ।