कुंठित हुनेछौ तिमी समाजबाट
घृणित हुनेछौ तिमी समाजबाट
आफ्नो इज्जत आफै बचाउन नसके
पतित हुनेछौ तिमी समाजबाट
अन्धो छ दुनिया गहन सोच्दैन
अचम्मित हुनेछौ तिमी समाजबाट
पाइलापिच्छे तगारो बन्दिदा
आजित हुनेछौ तिमी समाजबाट
आखाकै एउटा तारो बनाउछन
हेलित हुनेछौ तिमी समाजबाट
बहिष्कृत हुनेछौ तिमी समाजबाट