कुरिती फाल्न तिमी कम्मर कसी हेर नानु ।
देशको चोला फेर्न युद्धमा पसी हेर नानु ।।
सुखमा हाय हाय सबको हुन्छ कस्तो रिती ।
दुखिया मन भित्र उज्यालो बनी हेर नानु ।।
शहर जान्छु भन्छौ चटक्कै छोडि आफ्नो गाउँ ।
अध्यारो आफ्नै थात थालोमा बली हेर नानु ।।
मनमा रिस राग होइन बन्धु भाव राम्रो ।
मानव मन भरी अमृत छरी हेर नानु ।।
बचाइ जन धन अग्निमा जली हेर नानु ।।