ल हेर त काँडा बीच कति सुन्दर फूल सानू,
मनाकाशको बादल हटाई फूलजस्तै खुल सानु ।
जिन्दगीका पलहरू सङ्घर्षका पर्याय हुन्,
धर्ती फुटाई फुट्दछन् सृजनाका मूल सानू ।
कतै जोड्नु, कतै तोड्नु, कतै मोड्नु पनि पर्छ,
जीवनमार्ग सरल नभई यो छ वर्तुल सानू ।
अमृत-जहर दुबै छन्, समस्या हो पहिचानको,
जहर हैन, केवल अमृतसित घुल सानू ।
दोबाटा र चौबाटामा हुन सक्छन् भूल सानू ।
अघि बढ्दै जानुपर्छ, सच्चिंदै र सच्याउँदै,
हुन हुन्न हामीचाहिँ हरामीका हुल सानू ।