लगन आयो भन्दै लमी,तस्बिर छान्नु रे
यहि हो मौका नछोड रुम्बा,भन्या मान्नु रे
सँधै त्यसै भन्छ खालि,तस्बिर देखाउंदै
आ'को समय रोकिन्न हेर,आफै जान्नु रे
तस्बिर हेर्छु सबै मोटी,आफु परें लुरे
हुन्न भन्दा हुन्छ अरे,मायाले बान्नु रे
हुन्न बाजे सक्दिन म धेरै पटक भनें
जति मोटी भए पनि सानै छिन ठान्नु रे