लाग्न थाल्यौ तिम्रा शब्द, ब्याधाको त्यो तीर जस्तै
कोमल यो हृदयमा, रोपिएका झिर जस्तै
ढुङ्गै जस्तो मन रै छ, चिनेनौ त चोखो माया
ठाँउ नराखि भन्यौ पापि, सधै लाग्छ पिर जस्तै
ससांरलाई बदल्ने त्यो, खुबि छ कि भन्ने ठाने
कायर अनि तुच्छ सोचाई, किन मान्नु बिर जस्तै
पिडा हुदा अतासिदै, शिर राख्ने तिम्रो छाति
त्यहि छाति आज भोलि, लाग्न थाल्यौ भिर जस्तै