लजालु ती नजरैले तानीतानी मार्यौ मलाई ।
मिठो बोली पेट्मा छुरा हानीहानी मार्यौ मलाई ।।
वशन्तको पालुवा झै पौलिने यो जिन्दगीलाई ।
कोपिलामै ओइलाएर जानीजानी मार्यौ मलाई ।।
वैरी धेरै कान फुक्छन् सत्य कुरा नबुझेर ।
निर्दोषिलाई त्यसै दोषी मानीमानी मार्यौ मलाई ।।
संगै रम्ने हरीयाली तन मन्को बगैंचामा ।
फुल्दै गर्दा काडा भनी छानीछानी मार्यौ मलाई ।।
मिठो बोली पेट्मा छुरा हानीहानी मार्यौ मलाई ।।