लंगडो बैशाखी बिना चाल के होला ?
सोच मेरो तिमी बिना हाल के होला ?
पल्-पल् रुन्छ मन तिम्रो तस्विर हेरी,
दिनै काट्न गार्हो भयो साल के होला ?
(सोच मेरो तिमी बिना हाल के होला ?)
सुस्ताउ थ्यो' दिल तिमी सँग मै हुँदा,
छट्पटीदै उर्लिएको छाल के होला ?
(सोच मेरो तिमी बिना हाल के होला ?)
दाउ बिना जुवाडे को खाल के होला ?
(सोच मेरो तिमी बिना हाल के होला ?)
अधुरो छ गजल यो तिमी न-भए,
सुर बिना संगीतको ताल के होला ?
(सोच मेरो तिमी बिना हाल के होला ?)