लुकी छिपी चोखो माया मै हुँ ला'को मान्छे हजुर ।
मुटू भरी मनै भरी माया भा'को मान्छे हजुर ।।
पहाडे म ठिटो परे तिमी पर्यौ तराईको ।
भेट्न भनी लेक बेँसी संधै धा'को मान्छे हजुर ।।
युगौ युग सँगै बाँच्ने बाँचा सारा बिर्सिएर ।
निष्ठूरीको जाल्मा परी धोका पा'को मान्छे हजुर ।।
एक्लै एक्लै बिरहको गीत गा'को मान्छे हजुर ।।
आफै भित्र जल्दा रैछन् साँचो प्रेम गर्नेहरु ।
भन्ने ठानी आँसु तार्न छानो छा'को मान्छे हजुर ।।
दुई दिने जीन्दगीमा ब्यर्थै किन रिस पोखु ।
आउँदा नै जाने भनी कसम खा'को मान्छे हजुर ।।