लुकी छुपी अनी चुप-चाप हुन्छ माया ।
न त हुन्छ तौल न त माप हुन्छ माया ।
मन भित्र माया छ अनी देउता त्यहीं ।
प्रेम गर्ने पुज्छ त्यही जाप हुन्छ माया ।
समाजले सिकाऊँछ माया गर्नु भन्ने ।
अनी यहीं किन फेरी पाप हुन्छ माया?
गर्न जाने माया जीवन हैन भने मृत्यु ।
कहीले त जहरिलो साप हुन्छ माया ।
कमैलाई सहनु छ बिलाप हुन्छ माया ।