लुकी छुपी जून सँग रात हाम्रै हुन्थ्यो!
डाहा गर्थे दुनियाले बात हाम्रै हुन्थ्यो !
जती कोसिस गरे पनी छुटाउन माया!
झन कस्सी बलियो हात हाम्रै हुन्थ्यो !
नदिनु पीड़ा दियो समाजले हामीलाई!
रमाऊँथ्यौं सधै त्यो मात हाम्रै हुन्थ्यो !
मिलन हाम्रो टूटाउन कति बाधा परे है!
बाधा बन्धन तोडेर साथ हाम्रै हुन्थ्यो !
स्वच्छ त्यो मायाको जात हाम्रै हुन्थ्यो!