लुकी चोरी आएको कुरा धन्यलाई नै थाहा होला
त्योभन्दा नि मेरो साथी बन्नेलाई नै थाहा होला
पाउनु अनि नपाउनुको अर्थ कुनै हुन्छ भने
भुइँ छोडेर धरती आकाश गन्नेलाई नै थाहा होला
स्वार्थले वा निसन्देह माया दिन खोजेको हो
तिमी मेरो म तिम्री भन्नेलाई नै थाहा होला
सहि बिचार गलत काम परिणाम कस्तो हुन्छ
बाहिर ठिक्क भित्र जरा खन्नेलाई नै थाहा होला