लुकी लुकी कती भेट्ने, अब आटौ कान्छी ।
यो समाज तगारो भो, डाँडै काटौ कान्छी ।।
जिन्दगी भर नचुडिने, चुडाउन नि नसक्ने,
यो मायाको डोरी अब, लामै बाटौ कान्छी ।।
सिसा जस्तै पारदर्शी, माया बनाउनलाई,
तिमी मेरो विचको बाक्लो,पर्दा फाटौ कान्छी ।।
कसैको डर मानी मानी, कती हिड्नु हामी,
अब धक फुकाएर नै, माया साटौ कान्छी ।।
यो समाज तगारो भो, डाँडै काटौ कान्छी ।।