लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !
तोड अझै कती तोड्छौ, यसै टुट्या मन मेरो !
(लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !)
सुनामिको छाल पनि फिक्का लाग्छ आजभोलि,
मुसल्धारे अशिना ले, यसै चुट्या मन मेरो !
(लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !)
वैरी को रुप नधर भो, चोट दिन तिमी मलाई,
आफ्ना ले नै घात गर्न, यसै जुट्या मन मेरो !
(लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !)
वचन को हथौड़ा ले, यसै फुट्या मन मेरो !
(लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !)
अँगेनो मा किन ठोस्छौ, 'प्रखर' को मन तिमी,
मकै सम्झी हाँडी भित्र्, यसै भुट्या मन मेरो !
(लुट अझै कती लुट्छौ, यसै लुट्या मन मेरो !
तोड अझै कती तोड्छौ, यसै टुट्या मन मेरो !)