लुटेर पेट भर्नु भन्दा, भोकै बस्छु बरु !
'कृष्ण' जप्छु, धोती बेर्छु, बन पस्छु बरु !
जन्मे नाङ्गै, मर्दा नाङ्गै, के छ मरी लानु ?
जोगी बन्छु, निधार मा, छारो घस्छु बरु !
दिएका छ्न्, इश्वर ले, सग्ला हात र गोडा,
मिहिनेत गर्छु, पसिना झार्छु, घुँडा धस्छु बरु !
झर्दा तारा, आँखा चिम्लि, माग्दा पुग्छ भने,
सबको ईच्छा पुरा गर्न, म नै खस्छु बरु !
पासो थाप्छु, आफ्नो लागि, आफै फस्छु बरु !!
(लुटेर पेट भर्नु भन्दा, भोकै बस्छु बरु !
'कृष्ण' जप्छु, धोती बेर्छु, बन पस्छु बरु !)