म आज यस्तो भा'को तिम्ले गर्दा हो सानू
खै कस्तो कस्तो भा'को तिम्ले गर्दा हो सानू
कल्पनामा हराईरहन्छु , आफैँसँग बोलीरहन्छु
अर्धपागल जस्तो भा'को तिम्ले गर्दा हो सानू
टोलाईरहन्छु हेरिरहन्छु कुरिरहन्छु तिम्रो बाटो
समय यो सस्तो भा'को तिम्ले गर्दा हो सानू
खै कस्तो कस्तो भा'को तिम्ले गर्दा हो सानू