अधम भएछु, डर लाग्दैन
आँफैलाई आफ्नो भर लाग्दैन
भन्यौ जाली र पापी मान्छे
सोच्नलाई तिम्ले कर लाग्दैन
देखेको छैन, सास पथ्थरमा
छ जस्तो कही ईश्वर लाग्दैन
मायाको वस्ती, शङ्काको झिल्का
सल्कन आगो प्रहर लाग्दैन
आशे खेती, नगर् “अनुभव”
फाटेको दुधमा तर लाग्दैन