चढ्दो जवानीको तिमी मातमा थियौ,
म दिनमा खोज्दै हिडेँ तिमी रातमा थियौ
तिम्रो जवानीको चर्चा धेरै तिर सुनेँ मैले
हरेक ठिटाहरुले बोल्ने तिमी बातमा थियौ
सबको प्यास बुझाउने नशाको प्याला भएछौ क्यारे
नशाले मत्त हरेकको तिमी हात हातमा थियौ
धनभन्दा नि मन ठूलो माया नै हो सबथोक भन्थे
माया बोकी कुरीरहेँ तिमी नोटको खातमा थियौ
फूलमा खोज्नु व्यर्थ भयो तिमी पातमा थियौ
म दिनमा खोज्दै हिडेँ तिमी रातमा थियौ
~पदमपोखरी-४
~मकवानपूर
~हाल : काठमाण्डौ ।