म भूगोलमा मेरो सिङ्गो देश खोज्दै छू ।
याहा पिज्जा र बर्गरमा मेरो परिवेश खोज्दै छु ।।
छ रेतको खेत अनि कङ्क्रीटका बारिहरु तरपनि
किन हो किन म कोदो धान र लालीगुँराश खोज्दै छु ।।
म पप,रिमिक्स र र्यापमा झ्याउरे गीत खोज्दै छू ।
रोड साईडका आयरन रेलिङ्गमा चिसो शित खोज्दै छू ।।
मेट्रो स्टेशनको भिडभाडमा छड्के सलाम खोज्दै छु ।
म सिनेमा हलका पोस्टरहरुमा राजेश हमाल खोज्दै छु ।।
म कोट प्याण्टका रयाकमा सुरुवाल र आस्कोट खोज्दै छू ।
यि खजूरका क्यू मा पिपल बोट खोज्दै छू ।।
अखबारमा नेपाल आमाको चोट खोज्दै छू ।।
म यो बिरहत संसारमा आफैलाई खोज्दै छु ।
आफ्नै ईतिहास बिर्सेर अरुलाई सोध्दै छु।।
सुनेथे नेपाली रगत छरिएको छ रे प्रत्येक कुना काप्चामा!
म त्यो रगतको मूल्यमा हार जीत खोज्दै छू ।।
म भूगोलमा मेरो सिङ्गो देश खोज्दै छु ।
म खुकुरीको बचेको अवशेष खोज्दै छु ।।