म पनि त तिमी बिना, तड्पि तड्पि बाचेकी छु
आफ्नै मन्का मुना मैले, प्याट प्याटी भाचेकी छु
वारीपारी गरी राछु, मनको यो तलाउमा नै
झिनो आशको दियो बालि, बेला बेला नाचेकी छु
बिछोडले आक्रान्त भई ओछ्यानमै परे र नै
मर्ने हुँ कि कतै भनि, बैध्य सँग जाचेकी छु
रुदै तिमी बिदा भयौ जिन्दगीका बिबसताले
समयले मिलाउछ कि, मनमा आशा साचेकी छु
आफ्नै मन्का मुना मैले, प्याट प्याटी भाचेकी छु