म त तिम्रो चौबन्दिको तुना मै अल्झिए !
खै कसरी त्यो दिलको कुना मै अल्झिए !
के मोहनी लायौ भन, कर्के हेराई ले ?
ती आँखाको कस्तो जादु-टुना मै अल्झिए !
भेटें देखी फुल्थ्यो होला फुल पिरतिको,
टाढै बाट हेर्यौ म त मुना मै अल्झिए !
जोड्न पाए दुई मुटु एकै हुन्थ्यो होला,
एक दुना एक को म गुना मै अल्झिए !
छट्पटिन्छु सुर्ती बिना चुना मै अल्झिए !
((म त तिम्रो चौबन्दिको तुना मै अल्झिए !
खै कसरी त्यो दिलको कुना मै अल्झिए !))