माफ गर मैले साँचो कुरा गर्न सकिन ।
हात थाम्दै जिन्दगीका पुल तर्न सकिन ।
ज्यानै सुम्पी मायाँ गर्यौ दिलबाटै तिमीले
तर मैले तिम्रो छेउ मायाँ छर्न सकिन ।
भागी-भागी हराउँदा कतै तिमी कहिले
अँधेरीमा लुकी हेर्ने बन्न टर्न सकिन ।
बाचा गर्दै साथ दियौ आज सम्म मलाई
घाती भएँ कहीं तिम्रो खुसी भर्न सकिन ।
त्यसैले त वाद्यताले आज मर्न सकिन ।