महंगिले आकाश छोयो बदलिएको जमाना हेर त ।
चल्दैन पटकै आजकल सुको अठाना हेर त ।।
आपत विपत सहने खेप्ने हली किसान ।
अब तिम्रो पालो भई अचाना हेर त ।।
सुन्दैन देख्दैन सरकार अन्धो बहिरो भाछ ।
उठाउदा उठ्दैन सुतेको बहाना हेर त ।।
अर्थतन्त्र डमाडोल भाछ बिकास निर्माण सुन्य ।
जम्बो भ्रमण मण्डल भारत रवाना हेर त ।।
छिमेकिको हातमा हाम्रो राष्ट्रिय गहाना हेर त ।।
सिंहदरबारमा बसी अंश बण्डा के लाउछाउ ।
गाउँ फर्की बुझी जन चाहना हेर त ।।