महँगो भो पानी सस्तै भो जीवन
काठमाडौँको धारा जस्तै भो जीवन
लाखौं मन हेर आँशुमा डुबेका
अक्कर माथिको रास्तै भो जीवन
यता दिन बग्छ उता उमेर ढल्छ
रक्सि छ सहारा मस्तै भो जीवन
न पिडा न खुसि अधुरो कहानी
मुसाफिर जस्तै उस्तै भो जीवन
~ताप्लेजुंग
महँगो भो पानी सस्तै भो जीवन
काठमाडौँको धारा जस्तै भो जीवन
लाखौं मन हेर आँशुमा डुबेका
अक्कर माथिको रास्तै भो जीवन
यता दिन बग्छ उता उमेर ढल्छ
रक्सि छ सहारा मस्तै भो जीवन
न पिडा न खुसि अधुरो कहानी
मुसाफिर जस्तै उस्तै भो जीवन
~ताप्लेजुंग