मैले भन्दा तिमी मान्दै मानिनौ ।
आँफै एक्लै केही जान्दै जानिनौ ।।
आँफु तिम्रो सामु जल्दै बाच्याछु ।
आगो बाट तिम्ले तान्दै तानिनौ ।।
मैले आँखा सँगै आँखा जुझाउँदा ।
नजरको त्यो बाण हान्दै हानिनौ ।।
मङ्सिर पुस जाडो बड्यो आछुछु ।
अंगालोमा तिम्ले बाध्दै बाधिनौ ।।
आँफै एक्लै केही जान्दै जानिनौ ।।