मैले चोट खाँदा हाँस्ने तिमी ।
मैले अँश्रु झार्दा नाँच्ने तिमी ।।
माया दिए जस्तो पारी ठीक ।
पिरतिको मुना भाँच्ने तिमी ।।
खुट्टा राखी मेरो छात्तीमाथी ।
मेरो खुशी लुटी बाँच्ने तिमी ।।
विश्वाशको डोरी आँफै चुडाई ।
गाँउ बस्ती डुली बास्ने तिमी ।।
आफ्नै घाऊ पुर्न टाँस्ने तिमी ।।
मैले चोट खाँदा हाँस्ने तिमी ।
मैले अँश्रु झार्दा नाँच्ने तिमी ।।