मैले देखेको अनौठो, खाली एउटा सपना थियो,
निद्रा भंगहुँदा त त्यो, जाली एउटा सपना थियो ।।
प्रशन्नता भरिपूर्ण, सुन्दर एक बगैंचाविच त्यो,
फूल झै थिइन् राम्री, माली एउटा सपना थियो ।।
छेउमा गएँ उनको, मुस्कुराउँदै हेरिन् एकोहोरो,
इशारा गरिन् बजाएर, ताली एउटा सपना थियो ।।
झिम्काउँदै परेली ती, भनिन् हेर्नुस त लौ मेरो,
जवानी र यो ओठको, लाली एउटा सपना थियो ।।
मुस्कुराउँदै थिए ती, फक्रिएका कोपिला जाँतहीं,
हातमा फूल संगैको, डाली एउटा सपना थियो ।।
कालो बादल झै केश, लोलाएका आँखा मृगसरी,
मीठो मुश्कान सुन्दरी, काली एउटा सपना थियो ।।
जवानीको त्यो, हालीमुहाली एउटा सपना थियो ।।
सौन्दर्य संसार कता, एक्कासी हरायो खिन्नतामा,
त्यो त राखेको निद्रामा, पाली एउटा सपना थियो ।।