मेरै घर जलाएर खरानी पो माग्यौ सापट,
अन्त्य गरी मेरो खुशी बिहानी पो माग्यौ सापट,
चिथोरेर कोतरेर दिल भित्र चोट दिइ,
सम्झनामा राख्नलाई निशानी पो माग्यौ सापट,
निद स्वप्न सबै लुटी बेशाहारा पारेपछी,
आफू भने निदाउने शिरानी पो माग्यौ सापट,
मेरै घर जलाएर खरानी पो माग्यौ सापट,
अन्त्य गरी मेरो खुशी बिहानी पो माग्यौ सापट !!