मैले लेख्या गजल त्यो गाउने सँग बिहे गर्छु।।
गर्दै गाली चोखो माया लाउने सँग बिहे गर्छु।।
सुन चाँदी नखोज भो चाहिदैन दाईजो पनी,
अजम्बरी माया लिई आउने सँग बिहे गर्छु।।
ब्रर्त बसी सधै भरी गरेर त्यो पूजा पाठ,
चैत्र ,गुम्बा मन्दिर तिर धाउने सँग बिहे गर्छु।।
कैलै मैले सताएर ठुस्की बस्दा पटाएर,
मीठो बोली सधै भरी छाउने सँग बिहे गर्छु।।
जता ततै चारै तिर पाउने सँग बिहे गर्छु।।