मैले मात्र आफ्नो मन पगालेर के हुन्थ्यो र!
छोड़ी जाने गए आँसू खसालेर के हुन्थ्यो र!
अस्मितामा आँच आयो दिई गयौ मनमा चोट!
निष्ठुरीलाई दिल भित्र समालेर के हुन्थ्यो र!
न त बोल्छ तस्वीर त्यो सिरानिमा एकनास!
पीड़ा दिन्छ झन्झन् दर्द पालेर के हुन्थ्यो र!
नीतिको नियम हो रे भाग्यको खेल जीवन!
लेखिएको मुख धुँदा पखालेर के हुन्थ्यो र!
ढुंगा पूजी वली बोका भकालेर के हुन्थ्यो र!