मैले मुटु नजलाई जिउन कहाँ सक्या छु र ।
दिल्मा आगो नलगाई जिउन कहाँ सक्या छु र ।
मेरो फुल फर्कियो सगन्ध बिनानै अचेल त,
अश्रु धारा नबगाई जिउन कहाँ सक्या छु र ।
चन्द्र छैन गगनमा ताराको चित्कार सुन्छुँ,
उफ्फ!छाती नचराई जिउन कहाँ सक्या छु र ।
कति दिन छट्पटिदै बाँच्याछुँ लेखा-जोखा छैन,
मिठो याद नपठाई जिउन कहाँ सक्या छु र ।
यो मन्लाई नसताई जिउन कहाँ सक्या छु र ।