मैले ओढ्ने रोयो आकाश, तिम्लाई के भयो ?
चोट लाग्यो मुटुमा खास, तिम्लाई के भयो ?
फूलका ति च्यातिदैछन्, जवान अङ्ग-अङ्ग,
हेर ठप्प बन्यो सुवास, तिम्लाई के भयो ?
काँडा हान्दै रमाउँदैछ, माहिर जून पनि,
चल्नै छाड्यो मेरो बतास, तिम्लाई के भयो ?
केहि छैन रुनु बाहेक, ह्र्दय छामि हात,
मेरो गुम्यो जिउने साहस, तिम्लाई के भयो ?
आफै बन्द गर्छु म सास, तिम्लाई के भयो ?