मैले प्रित लाइन भने उनको आशा मर्छ अरे !
फक्रिएको फुल बनी नओइल्याउदै झर्छ अरे !!
मेरो न्यानो स्पर्शले उनको कोमलमुटु छुइनभने !
खडेरिको पियासी बन्दै अन्तै झोली भर्छ अरे !!
उर्लिएको सागर जस्तै उनको समिप भईनभने !
सप्तरङी इन्द्रेणी बन्दै अन्तै खोली तर्छ अरे !!
मैले सधैं उनलाई सर्वस्वनै मान्नुअरे होइनभने !
मौसम सङ्गै फेरिएर अन्तै बास सर्छ अरे !!
फक्रिएको फुल बनी नओइल्याउदै झर्छ अरे !!