उम्रन्दै फुस्रोपात मा, हुर्किएको देखे ।
घमण्ड अहमता मा, फुर्किएको देखे ।।
दुईदिन को साईनोगास्दै, स्वार्थ लुटी ।
उही तिरै पाखुरा पो, सुर्किएको देखे ।।
खुट्टातान्दै अरुलाई,तल झार्न खोज्दा ।
थाहै नपाई आँफै पो, गुर्किएको देखे ।।
ताक परे तिवारी नत्र, गोतामे चाल ।
हात जोडी सबै सँग, घुर्किएको देखे ।।
हिजोसम्म छातीपिटी,मैहुँ भन्नेगर्थ्यौ ।
हाडबिना को छाला झै,लुर्किएको देखे ।।
निकै लाउथ्यौ फुटानी, वर पर जादा ।
टाट हुँदा पानी जस्तै, तुर्किएको देखे ।।