मैलो चोली थोत्रो टोपी टालम भन्थे हजुरबाले
यो दशैमा ठुलो खसी ढालम भन्थे हजुरबाले ।
हाम्रो घरपनि ज्योति छाऊन सक्छ यसपाली
पिस चामल सेल रोटी हालम भन्थे हजुरबाले ।
पिङ हाल्ने लट्ठो बाट्न काम आउछ हेरहै नाती
खरबारीको बाबियोलाई पालम भन्थे हजुरबाले ।
हामीमात्र कती सधैं पिल्सिएर बाच्नुपर्ने
यही दशैंमा गरीबीलाई फालम भन्थे हजुरबाले ।
सामन्तीका यी खुट्टाहरु गालम भन्थे हजुरबाले ।
यस्तै शिक्षा दिइकन हामीलाई छोडिगए
हकहीतमा आफ्ना कदम चालम भन्थे हजुरबाले ।