मैलाई बिहे गर्छु भन्छ, चन्चले त्यो भेनाले त
बिष खाएर मर्छु भन्छ, चन्चले त्यो भेनाले त
नपढेकी नजानेकी, तिमी धेरै लाटी छौ रे
ढाटि बेसी झर्छु भन्छ, चन्चले त्यो भेनाले त
जे भने नि मान्ने रे नि, घुमाउननि लैजान्छ रे
तिम्रै पाउमा पर्छु भन्छ, चन्चले त्यो भेनाले त
टिसर्ट अनि पाइन्ट लाउ, रेस्टुरेन्टमै खाउ भन्छ
घरै छोडि सर्छु भन्छ, चन्चले त्यो भेनाले त
मानो पाथि भर्छु भन्छ, चन्चले त्यो भेनाले त
तिम्लाई सधै रुवाउनेले, मलाई खुशि दिन्छु भन्छ
पैसै पैसा छर्छु भन्छ, चन्चले त्यो भेनाले त