मलाई छोडि अन्तै नाता जोडे पछि पागल भए
पाईलाहरु अर्कै तिर मोडे पछि पागल भए
माया गर्ने मनलाई नै शिसा सरी ठान्दै तिम्ले
धुजा धुजा पारी यो मन फोडे पछि पागल भए
सगै जिउने मर्ने भनि खाएका ति कसमलाई
शङ्का मानि सम्बन्धलाई तोडे पछि पागल भए
नछेक है मेरो बाटो भन्दै हात फालि गयौ
पराईले तिम्रो घुम्टो ओढे पछि पागल भए
पौडिदै छु रात दिन पिडाको यो पोखरीमा
जिउदो लास झै बनाएर छोडे पछि पागल भए