मालिले फुल सारी गए पनि वेर्ना सरी सर्दिन म ।
तिमीले मायाँ मारी गए पनि बिख खाई मर्दिन म ।।
मायाँमा हुन सक्छ छल धोका राख्छु मन सम्भाली यो ।
ओरालो तल झारी गए पनि हेर तिमी झर्दिन म ।।
चहाना तिम्रो छली अन्तै जाने रछ किन बहाना त्यो ।
शिकारी पासो थापी गए पनि त्यसै झट्ट पर्दिन म ।।
सुन्दर थियो जोडी हाम्रो चोखो मिठो मायाँ धरती को ।
तमोर तरी पारी गए पनि जाली नदी तर्दिन म ।।
धोकामा मैले हारी गए पनि चोखो प्रित हर्दिन म ।।